Monday, May 18, 2009

के हो स्वाइन फ्लु ?

सर्वप्रथम फ्लु के हो त ? शसाधारण अर्थमा यन्फ्लुएन्जा वा श्वास-प्रश्वासमा हुने खराबी वा रुघा खोकीको पर्यायवाची शब्द हो फ्लु, फ्लु को शाब्दिक अर्थ उडन्ते वा फैलिनु पनि एक हो । यो फ्लु शब्द संग कहिले बर्ड त कहिले स्वाइन र यस्तै अनेकानेक नाम जोडिंदै आएको छ । यसको अर्को साधारण अर्थ धेरै जनालाई मार्न सक्ने वा प्रभावित गर्न सक्ने महामारी हो । यस्ता फ्लु भाइरस (जिवाणु) को वंशाणु (प्रजाती) परिवर्तनशिल हुन्छ । यस फ्लु रोग अभिलेख अनुसार १६ औं शताब्दीमा पत्ता लागेको हो । २० औं शताब्दीमा ३-४ पटक फ्लुले विश्वव्यापी रुपमा आतंक मच्चाएको छ । यो सरुवा रोग हो । यसको भाइरस जति चाँडो स्थानान्तर भएर फैलिन्छन् तिनीहरुको नयाँ वंश उत्पन्न हुने सम्भावना पनि त्यतिकै बढेको देखिएको छ । भाइरसको नयाँ वंश आउने वित्तिकै मानव शरीरको प्रतिरक्षा प्रणाली ( Immunity System ) मा चुनौती थपिन्छ । अधिकांश व्यक्तिको प्रतिरक्षा प्रणालीले त्यो नयाँ भाइरसको सामना गर्न सक्दैन र व्यक्ति रोगले ग्रस्त हुन्छ । 

 भाइरस हुने प्रोटिनको आधारमा फ्लु भाइरसहरुलाई वैज्ञानिकहरुले वर्गिकरण गर्दछन । H हेमाग्लुटेनिन र N - न्युरामिनिडेज ) जिनहरुको आधारमा भाइरसहरुको पहिचान गरिन्छ । H का १६ वटा प्रकार र N का ९ वटा प्रकार छन । आफ्नो ज् र ल् अणुमा परिवर्तन गर्न सक्ने क्षमता इन्फ्लुएन्जा भाइरसमा हुन्छ जसलाई एन्टिजेनिक सिफ्ट भनिन्छ । सन् १९१८ मा महामारी फैलाउने स्वाइन फ्लु H1 र N2 थियो । त्यसपछि फ्लुको नयाँ वंश H2 र N1 पत्ता लगाइएको थियो र पछि भाइरसको सतही अणुहरु - जिन ) हेरफेर भएर ज्द्द र ल्ज्ञ प्रजाती उत्पन्न भयो । 
 Swine, सुंगुर, Flu, रुघाखोकी अर्थात Swine Influenza ले हाल सालै मेक्सिकोमा महामारी फैलाएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार हाल सम्म यस महामारीले कम्तीमा २०० जनाको ज्यान लिएको सुनिन आएको छ । यो उडन्ते महामारी मानिसबाट मानिसमा समेत सरेको पाइएको छ । यातायातको विकासका कारण मानिसहरु आफ्नै गाउँ जस्तै गरी संसारमा सहजै घुमफिर तथा भ्रमण गर्ने हुँदा तुरुन्तै विश्वको एक कुनाको एउटा मानिसमा भएको रोग अर्को सुदुर कुनाको मानिसलाई र्सर्ने सम्भावना प्रचुर भएकोले अत्यन्तै छिटो फैलने डरले हिजोआज सवै मानिसहरु त्रसित भएको छ । सन १९७६ मा ५०० सैनीकहरुलाई स्वाइन फ्लु लागेको भएपनि उपचार विना नै निको भएको अभिलेख भएको समेत पत्रपत्रिकामा चर्चा छ । स्वाइन फ्लु अर्थात सुंगुरमा हुने फ्लु भाइरसले मानिको शरिर संग मिल्ने गरी आफ्नो संरचना परिवर्तन गर्ने भएकोले नयाँ नश्लका फ्लु भाइरस बनेर यस्तो विकराल अवस्था श्रृजना भएको हो । परिमाणतः हाल चर्चामा आएको स्वाइन फ्लु सुंगुर र मानिसमा हुने भाइरसको संयोजन भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । मेक्सिकोबाट दु्रतगतीमा विश्वको अन्य क्षेत्रमा फैलिरहेको भाइरसबाट फेरी नयाँ वंश उत्पन्न हुने हो कि भन्ने त्रासले सवैलाई सताएको छ । Swine Influenza Virus (SIV) बाट नियमित रुपमा सुंगुरको सर्म्पर्कमा आउने व्यक्तिहरु संक्रमित भएको पाइन्छ । 

 अमेरिकी केन्द्रिय रोग नियमन्त्रण विभागले कुनै दिन सुंगुर मान्छे र पन्छिमा हुने भाइरसको संयुक्तस्वरुप सिर्जना हुने भविष्यवाणी समेत गरेको छ । जुन मानवको निमित्त अति नै जटिल र चुनौती हुनेछ ।


No comments:

Post a Comment