Sunday, May 1, 2011

"धन" होइन "मन" भए पुग्छ ....

बिरगन्जमा बस्ने प्यारा बिरगन्जेली मित्र तथा दाजुभाइ दिदी बहिनीहरु !

बिरगन्जको धर्तीमा जन्मेका हुनाले यो पावन धर्तीको अमुल्य गुनलाई हामीले कहिल्यै पनि बिर्सन सक्दैनौ र बिर्सन हुन्न पनि । जुन धर्तीको माटोमाथी हामीले जिन्दगीको पहिलो पाइला टेक्यौ त्यही माटोलाई अवहेलना गर्नु हाम्रो नैतीकता होइन , यो पाठ हामीलाई यही पावन धर्तीले सिकाएको छ । हामीलाई थाहा छ , यतिखेर हाम्रो बिरगन्ज बिसमपरिस्थितीबाट गुज्रीरहेको छ । परिवर्तनको बाटोमा लम्किदै गर्दा हामीले केही अफ्ठ्यारा परिस्थितीहरुको सामना गर्नु नपरेको होइन । बिभिन्न बाधा व्यवधानहरु सँग सङ्घर्श गर्दै प्रगतिको बाटोमा लम्कनुनै सबै भन्दा ठुलो बहादुरी हो ,जुन हामीले सावित गरिसकेका छौ । तर पनि केही दाजुभाइ तथा दिदीबहिनिहरुले क्षणिक सुख र शान्तीको खोजिमासंघर्शको बाटोबाट बिमुख भै यो स्वर्ण भुमिबाट पलाएन हुने बाटो रोजेको तितो अनुभुती रहेको छ । आफ्नो घरलाई बस्न लाएकको बनाउनको लागि हामी आँफै अग्रसर हुनु पर्छ । जसरी हामी घरमा फोहोर थुप्रियो भने आँफैले कुचो उठाएर बढार्ने गर्छौ, मकुरोको जालो हटाउछौ , रङ्ग रोगन गर्छौ र बस्न लाएकको बनाउछौ त्यसरीनै यो "बिरगन्ज" नामक हाम्रो निवासमा आज फोहोर बढेको छ, जाल-झेल, स्वार्थ र कपटको जालोले घेरिएको छ अनी केही कुरुप शक्तिले हाम्रो निवासको आकर्शणलाई बेरङ्गको बनाएका छन् । लौन हाम्रो निवासमा बढेको फोहोर सफा गर्न हामी आँफैले कुचो उठाउँ,जाल-झेल, स्वार्थ र कपटको जालोलाई तोड्न हात्तेमालो गरौ अनी सद्भ-भाव र भाईचाराको रङ पोतेर हाम्री "बिरगन्ज"लाई फेरी रङिन तुल्याउँ । लौन चाँडो गरौ , घण्टाघरको माग यही हो , माइस्थानको चाहना यही हो अनी गरिहर्वाको पर्खाइ पनि यही हो ।

यसकालागि एउटा सानो कदम यही फेसबूकबाट थाल्दा के होला ? "बिरगन्जेली फेसबूक मन्च - Birgangeli Facebook forum -BFF"को स्थापना गरी सोही मन्च मार्फत सामाजिक गतिबिधी संचालन गर्न सक्छौ कि ?
बिकास र परिवर्तनका लागि "धन" होइन "मन" भए पुग्छ भन्ने भनाइलाई सार्थक तुल्याउने हो भने हामी एकै ठाउँमा आएर हात्तेमालो गर्न सक्छौ ।
सुझाव र प्रतिकृयाको लागि :

यज्ञराज कार्की
९८४५१८९६७७

No comments:

Post a Comment