Monday, May 11, 2009

स्वस्थ सुन्दर विकासको शहर, वीरगंज नगर


राजधानीको प्रवेशद्धारहरुमध्ये मुख्य, वीरगंज नगर नेपालको पुरानो र ऐतिहासिक शहर हो । राणा प्रधानमन्त्री वीर शम्शेर जङ्गबहादुर राणाले सन् १८९७ (वि. सं. १९५४) मा यस शहरको स्थापना गरेका थिए । तर्सथ उनैको नाउँमा यस शहरको नाम वीरगंज रहन गयो । वीरगंज देशको आर्थिक राजधानी भनिन्छ । देशको आर्थिक विकासमा यस शहरले सक्रिय भूमिका निर्वाह गर्ने गरेको छ । यो पुर्णत व्यावसायिक र औद्योगिक शहर हो । आफ्नो आर्थिक क्षमताको विकास र विस्तारका लागि यो शहर कृतसङ्गल्प छ । यहाँका विभिन्न उद्योगहरुमा निरन्तर लगानी वृद्धि र नयाँ उद्योगको स्थापना तथा भू-परिवहन प्रणाली ( सुख्खा बन्दरगाह ) को स्थापनाबाट आफ्नो आर्थिक गतिविधि विस्तार एवं विकास गर्न यो नगर कृतसङ्गल्प रहेको पुष्टि हुन्छ । सुख्खा बन्दरगाह सञ्चालन भएपछि व्यावसायिक गतिविधिमा थप तीव्रता आउने विश्वास लिइएको छ ।वीरगंज नारायणी अञ्चल अन्तर्गत पर्सा जिल्लाको सदरमुकाम हो । यो अधिराज्यको दक्षिण तराइ क्षेत्रमा अवस्थित छ, यसको दक्षिणपट्टी भारतको रक्सौल शहर टाँसिएर रहेको छ । यो शहर २७.००' अक्षांस तथा ८४ . ५२' देशान्तरमा फैलिएको छ । यहाँ भौगोलिक विषमता धेरै छैन । समुद्री सतहदेखि सरदर उँचाइ ९१ मिटर छ । यो शहर ३५ वर्ग कि मि मा फैलिएको र १९ वडामा विभाजित छ । शहरको जलवायु समशीतोष्ण छ । गर्मीमा अधिकतम ३७ डिग्री सेल्सिएस र जाडोमा ८ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गर्दछ । वार्षिक वर्षको सरदर ८९ प्रतिशत मनसुन याम (जुनदेखि सितम्बर )मा पानी पर्दछ । वीरगजं शहरको जनसंख्या एक लाख पन्ध्र हजार छ ।

2 comments:

  1. बिरगन्ज सँग मेरो पनि सनै देखी नै सम्बन्ध भएको हो । तर यो पनि नेपाल को अती फोहोर शहर मध्ये एक हो...

    ReplyDelete
  2. हाललाई राम्रा र पहिचानहरुका बिषयमा मात्र लेख्ने प्रयास गरेको हो भोली त्यस तर्फ पनि ध्यान दिनेछू ।

    ReplyDelete