Monday, September 21, 2009

शुभ विजया दशमी, २०६६

जय तं देवी चामुण्डा जय भुतार्थी हारिणी
जय र्सवगते देवी नारायणी नमस्तुते ।।

         हरेक वर्षझै यस वर्षपनि दशैं सवै नेपालीहरुको घर दैलोमा आइपुगी सकेको छ । तर यस पालीको दशैं अली फरक रुपमा आएको छ, यसपालाको दशैं गणतान्त्रीक भएर आएको छ । हरेक उपभोग्य वस्तुहरु पनि यही दशैंमा गणतान्त्रीक स्वरुप लिई नेपालीहरु माझ दशैं मनाउन प्रस्तुत भएको छ । नेपालीहरुको महान चाड दशैं । हुनेलाई दशैं नहुनेलाई दशा ।
         म सानो छँदा कहिले दशैं आउला भनी रमाई रमाई दिन गनी रहन्थे, कहिले असोज महिना शुरु होला भन्ने हन्थ्यो । एक किसिमको रमाईलो पनले भरी भराउ रहन्थ्यो मन । दशैं आएपछि सवै राम्रै हुन्छ भन्ने थियो । राम्रा राम्रा लुगाफाटाहरु, मिठा मिठा खानेकुराहरुका साथै मासुका विभिन्न प्रकारहरुको स्वाद यी सवै दशैंमा हुने भएकोले पनि होला हामी प्रत्येक नेपालीहरुले दशैंलाई महान पर्वको रुपमा मनाउने गरेको । यो महिनामा चल्ने हावाको सुगन्ध र राग मालश्रीको धुनले कता कता मनमा अब चैं दशै आउन लाग्यो भन्ने भान पहिले नै चल्थ्यो । 
 यस पालाको दशैं जाजरकोट, रुकुम, रोल्पा, बझाङ्ग लगायतका पहाडी भेगका धेरै नेपालीहरुले देख्न, सुन्न र अनुभूती समेत गर्न नपाउने गरी आएको छ । पुर्वाञ्चलका नेपालीहरुको दशै कोशीको भेलले बगाएर लगेको छ । दशैं पुर्व नै जलवीरेबाट काठमाडौं आउँदै गरेको एक वस दशैंका आशाहरु भोटेकोशीमा डुबे । विदेशीभूमीमा कतारमा त्यसै गरी नेपाली दशैंहरु डुबे । तर्राईमा बन्द, हडताल र गोली बमको धुवाँ संगै दशैं रमाइरहेको छ । तर दशैलाई आउनु छ, आउँछ र अनि फेरी अर्को बर्षआउँछु है भनी फर्किएर जान्छ । 
         अब आइसकेको दशैलाई स्वागत कसरी किन नगर्ने ? पालो हाम्रो आएको छ । उपभोग्य वस्तुहरु चामल, दाल, तेल, चिनी, मसला आदी इत्यादी सामान त दैनिकी नै भई हाल्यो, मुख्यतः दशैं भनेको सवै नेपालीले जसले दशैंलाई दशैं भनेर चिनेका छन, हुनेले महँगो महँगो सर सामान र राम्रा लुगाफाटा नहुनेले फुटपाथबाट किनेको लुगाफाटाहरु लगाई मिठामिठा खानेकुराहरु अनी मासुका विभिन्न परिकारहरुका वन्दोवस्त । यही वन्दोवस्तका लागि दशैं अघि देखि नै कोहि मरी मरी भारी बोक्छन, कोही ठेला, गाडा, रिक्सा आदी चलाउँछन । देशमा भएका नेपाली युवा युवतीहरु यस्तै वन्दोवस्तका सपना बोकी बिदेशिन्छन । किन त यही दशैंका लागि । पैसा हुनेहरु ठूल ठूला Mallहरुमा Shopping गर्नमा मस्त छन, कम पैसा भएकाहरु फुटपाथमा राखेका सामानहरु किन्न व्यस्त छन । आखिर जसरी भएपनि दुःखले होस वा सुखले सवैलाई आ-आफ्नै तरिकाले दशैं मनाउनु परेकोछ ।
          बजार भाउ यसरी नै आकाशिंदै जाने हो र देशमा यसै गरी सधैं अशान्ति बढदै जाने हो भने अब आउने दशैं दशैं नभएर दशाको रुप नलेला भन्न सकिदैंन । जे भए पनि यस पालीको दशैं दैलौमा आइहाल्यो नेपाल भित्र रहेका र दुःख कष्ट गरी दशेंलाई दशैं बनाउन बिदेशीएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई विजया दशमी, २०६६ मंगलमय होस भन्ने चाहनाका साथ माता दुर्गा भवानी संग प्रार्थना गर्दछु । जय दशैं ।

No comments:

Post a Comment