Thursday, May 28, 2009

नेपाली आकाशमा वीरगंजका ताराहरु

नारायणी अंचलको पर्सा जिल्लाको वीरगंजमा जन्मीएका यी कलाकारहरु अहिले नेपाली आकाशमा तारा झैं चम्कीइ रहेका छन । म सानो छंदा संगीत प्रेमी भएको कारणले होला रेडियोमा सुनीने गितहरु "पानी खाने निहुँले तिम्रो घरमा आउँला‌‌, हुरीले उडाउन सकेन पत्थरले फुटाउन सकेन, साइली र माइली पोइल गएछन, गाउँ घर नै सुन्य पारेर, बोल बोल बोलाउन मन लाग्यो घर त लगनखेल हासौं खेलौं पातली दुइदिन बाँचुन्जेल, फुलै फुल मात्र पनि होइन रैछ जीवन, काँडा बिच फुल्ने फुल रैछ जीवन, धेरै धेरै धाएँ मैले तिम्रो छेउ पुग्न जस्ता लोकप्रिय गित कस्ले गाएको होला भनी सोच्ने गर्थें पछी थाहा पाएं त्यो गीत त हाम्रो वीरगंजमा जन्मीनु भएका मधु दाइले ( मधु क्षेत्री ) ले पो गाउनु भएको रहेछ । पानी खाने निहुँले जस्ता गीतमा उदीतनारायणले पनि साथ दिएका थिए र त्यस पछि उदीतनारायण झा र मधु दाइको जोडीको अरु गितहरु पनि सुनिए रेडियो नेपालमा । 

मधु क्षेत्री

 यसै क्रममा संगितको जागरुकता बढदै गयो ममा अनि त रेडियो र स्कुलको किताव एकै ठाउँमा राख्न थाले " तिमी लाली गुराँस फुले जस्ती, तिमी सुनगाभा फक्रेकी जस्ती, फेवातालको आंगनमा लै लै माछापुछ्रे छायाँ जीवन मेरो सेती बगर, सफल तिम्रो त्यो जिन्दगीलाइ, यो दुखीको बधाई छ, पानीको रिमझीम बर्षाको बेला, दुनीयालाइ टाढा छोड जस्ता कर्णप्रिय गीतहरुले म अझै यस प्रति आकर्षित भएँ यी गीतहरु पनि वीरगंजका प्रकाश दाईले ( प्रकाश श्रेष्ठ ) पो गाउनु भएको रहेछ । वहाँले नेपाली थुप्रै गीतहरुमा आफ्नो स्वर दिनु भएको छ । 
 "टाढा धेरै टाढा माया तिमीलाइ. भेटन आएँ काटी नौ डाँडा आउ सम्हाल तिम्रै हो माया मेरो, साँझ ढलि गयो तिमी नआउँदा, दिल यो बेचैन भयो जस्ता गितहरुमा स्वर दिए दाइ नागेन्द्र प्रधान ( नागेन्द्र श्रेष्ठ ) ले, वहाँ कुनै वेला माइस्थानमा पसल खोली वस्नु भएको थियो । संगीत प्रतिको मोह अनि लगनले हाल वहाँ हंगकंगमा हुनुहुन्छ । निकै गीतहरुमा स्वर दिनु भयो नागेन्द्र दाइले पनी नेपाली गित संगितको क्षेत्रमा । 
भीम विराग

 बरिष्ठ गीतकार तथा गायक श्रीमान् भीम विराग ज्यू पनि वीरगंजबाट बसाइ सरी हेटौंडामा आउनु भएको हो । वहाँको आज भोली हरेक साँझ मात्तीन थालेछ भन्ने बोलको गीत स्वरसम्राट स्वर्गिय नारायण गोपालले स्वर भर्नु भएको हो । जो अती लोकप्रिय छ । 
निमा रुम्बा
सुरेन्द्र मान सिंह

 सुगम संगीतका चर्चित व्यक्तित्वहरुको बारेमा त माथी लेखीयो, पप र रक तिर पनी वीरगंजका कलाकार त्यत्तिकै चर्चित छन, " कहाँ होला घरवार कहाँ होला गाउँ", "सुपारी दाना सुपारी दाना" यानी मायाँ यानी मायाँ तिम्रै हो कान्छी" जस्ता चर्चित गीतका गायक सुरेन्द्र मान सिं कर्म ब्याण्ड र "मिस क्याट वाक, र अन्य यस्तै थुप्रै गीतका गायक निमा रुम्बा समेत वीरगंजमा जन्मीएका हुन । यस क्रममा वीरगंजका धेरै कलाकारहरु काठमाडौ आएर रेडियोमा गीतहरु रेकर्ड गराएर जान सफल भए । वहाँहरुको वारेमा म विस्तारमा फेरी लेख्नेछु ।
                                                                                                
                       



5 comments:

  1. बिर्गन्ज मा धेरै साहित्यकार र कलाकार छन भन्ने त थाहा थियो तर एती धेरै छन भन्ने चाँही थाहा थिएन नबी जी... धन्यवाद जानकारी को लागि... त्यो भन्दा पनि आफ्नो ठाउ प्रती को तपाईंको लगाव को लागि

    मलाई चाँही बिर्गन्ज बाट आएका कलाकार मा सब भन्दा स्वर राम्रो लाग्ने प्रकाश श्रेष्ठ को हो

    ReplyDelete
  2. धन्यवाद आशिष जी र हावा De Wind ज्यू तपाइहरुलाई

    ReplyDelete
  3. ओजी, तुस्सी ग़ज़ब कर दित्ता भय्यो...

    ReplyDelete
  4. धन्यवाद अजीत साहब
    मै आपका शुक्रगुजार हुँ कमसे कम आपने मेरे लिए कुछ तो लिखा

    ReplyDelete